प्रधानमन्त्री ओली सच्चिने कुनै छाँटकाँट देखिएन: बाबुराम भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले प्रधानमन्त्री सच्चिने कुनै छाँटकाँट नदेखिएको भन्दै आक्रोश पोखेका छन्। 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ सुनेपछि भट्टराईले कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको प्रतिक्रिया दिएका हुन्।

उनले प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको पनि बताएका छन्।

‘लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो’ उनले टिप्पणी गरे।

प्रम@kpsharmaoliको ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!

— Baburam Bhattarai (@brb1954) May 19, 2020
प्रकाशित मिति: : 2020-05-19 16:51:02

प्रतिकृया दिनुहोस्