बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ओम्नी कम्पनी कसको के हो र के हाे भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा मंगलबार नीति तथा कार्यक्रमबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले ओम्नी कम्पनी आफूले नसुनेको र कसको हो आफू अनविज्ञ रहेको बताएका हुन्।
‘बालुवाटारसँग सम्बन्धित छ भन्नेखालका कतिपय सञ्चारमाध्यमहरूमा देखिने गरेको छ। तर ओम्नी कसको के हो थाहा पनि थिएन,’ प्रधानमन्त्री ओलीले भने।
आफ्नो काम व्यापार विजनेस नभई राजनीति भएको पनि उनले बताए। ‘व्यापार, विजनेस, कारोबार मेरो विषय होइन। मेरो राजनीति हो। व्यापार विजनेसमा रूची राख्दिनँ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्रीले कोरोना संकटका बेला मन्त्रालयले नै स्वास्थ्य सामग्री खरिद गर्न सक्ने पनि बताए।
‘मन्त्रालय र विभागका महानिर्देशकले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट गराउन सक्छ। एक तह माथिका कर्मचारीलाई जानकारी दिन सक्छ,’ उनले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्दैन। सचिवलाई रिपोर्टिङ गर्छ।’
कोरोनाको नियन्त्रण र उपचारमा चाहिने स्वास्थ्य सामग्री खरिद गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रालयले ओम्नी कम्पनीसँगको ठेक्का रद्द गरिदिएको थियो।
उनले स्वास्थ्य सामग्री खरिदमा कसैले एक रुपैयाँ अनियमितता गरेको छ भने पनि छानबिन गरेर कारवाही गर्ने बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया