कोरोना भाइरसविरुद्धको सम्भावित खोपको परीक्षणः पहिलो चरणमा सकारात्मक नतिजा

देशसञ्चार

काठमाडौँ

कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षणको पहिलो चरणमा सकारात्मक प्रतिक्रिया देखिएको छ।

अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले निर्माण गरी परीक्षणको क्रममा रहेको खोपले कोरोना भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने वा तयार पार्ने देखिएको निर्माता कम्पनीले बताएको छ ।

सम्भावित खोपको डोज दिइएका सुरुका ८ जनामा न्युट्रलाइजिङ्ग एन्टिबडी फेला परेको मोर्देनाले उल्लेख गरेको छ । ती व्यक्तिलाई सुरक्षित रुपमा खोपको डोज दिइएको थियो ।

कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको प्रतिरोधात्मक प्रणालीले गर्ने प्रतिक्रिया र परीक्षणको क्रममा खोप दिइएका स्वस्थ व्यक्तिको प्रतिरोधात्मक क्षमताले गर्ने प्रतिक्रिया उस्तै रहेको पनि जनाइएको छ ।

प्रकाशित मिति: : 2020-05-19 08:23:43

प्रतिकृया दिनुहोस्