जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री बडे भैयासँग कुरा गर्न डराउनु भाे: सांसद शाही

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दलकी सांसद रंगमती शाहीले जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री भारतसँग कुरा डराएको बताएकी छिन्। 

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतको छोटे भैया’ को संज्ञा दिँदै सीमा अतिक्रणका विषयमा भारतसँग कुरा गर्न डराएको बताइन्।

‘भारतले भूमि लुट्दा र सीमामा जनता छुटिदा हाम्रो प्रधानमन्त्री ज्यू, भारतको छोटे भैया थाहा भएन रे,’नीति तथा कार्यक्रममाथिको छलफलमा नेपाली कांग्रेसी सांसद शाहीले भनिन्,‘जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली सीमा अतिक्रणका विषयमा भारतसँग कुरा गर्न बडे भैयासित डराउनु हुन्छ।’

सरकारले निर्माण गरेको कोरोना कोषमा सांसदहरुले पनि एक महिनाको तलब दिएको बताउँदै उनले मन्त्रीहरुका कारण आफुहरुले गाली खानुपरेको बताइन्। 

 ‘मन्त्रीहरुले जम्बो टोली सचिवालयमा कर्मचारीहरु भर्ना गर्ने, डिजेल पेट्रोल मन्त्रीहरुले खाने अनी सांसदहरुले गाली खाने?,’उनले भनिन्,‘ फजुल खर्च मन्त्रीहरुले गर्ने,जनतामुखि बजेट ल्याउन नसक्ने, कार्यकर्ता पाल्ने बजेट ल्याउने अनि सांसदले गाली?’ 

सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सांसदहरुलाई नचिनेको बताइन्। 

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका पोखरेललाई लक्षित गर्दै उनले भनिन्, ‘एउटा देशको रक्षामन्त्री÷उपप्रधानमन्त्रीले सांसदलाई चिन्दैन्। देशमा यस्तो अवस्था छ हामीले देशको रक्षामन्त्री खोज्दै गर्दा उहाँको स्वकिय सचिवले हामीलाई जवाफ दिनुहुन्छ। रक्षामन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला?’

प्रकाशित मिति: : 2020-05-18 15:30:32

प्रतिकृया दिनुहोस्