‘ओली-प्रचण्डको कानेखुसीले पार्टीमा समस्या र अन्तरविरोध पैदा गर्‍यो’

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको आज दुई वर्ष पुगेको छ । पार्टी एकताको दुई वर्ष पूरा हुँदा पनि शीर्ष नेतामै अविश्वास व्याप्त छ । पार्टी एकताका तीन महिनाभित्र सबै काम टुङ्ग्याउने भनिए पनि अझै एकीकरण प्रक्रिया टुङ्गिएको छैन । यता पार्टी कमिटी प्रणाली नभई केही शीर्ष नेताको लाभहानिमा केन्द्रित हुँदा सङ्गठनात्मक संरचनाको औचित्यमा पार्टीभित्रैबाट प्रश्न उठ्दै आएको छ । पार्टी एकताका सूत्रधार मध्येका एक स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को दृष्टिकोणमा कस्तो रह्यो एकताको दुई वर्ष ? प्रस्तुत छ, शर्मासँगको अन्तरवार्ताको सम्पादित अंश :

पार्टी एकताको दुई वर्ष पूरा भएको छ । योबीचको समय पार्टीको गतिविधिलाई कसरी लिनुभएको छ ?
–यो दुई वर्षको अवधि पार्टी एकतालाई सुदृढ गर्नुका साथै जनता र कार्यकर्तामा पैदा भएको उत्साहलाई शक्तिमा बदल्ने एउटा अवसर थियो । तर नेकपाले यो अवसर उपयोग गर्न सकेन भन्ने मलाई लागेको छ । औपचारिक रूपले स्थानीय रूपमै पार्टी कमिटीहरु त बने तर पार्टी एकताको उत्साहलाई ताकतका रूपमा प्रयोग गरेर दुईवटा पार्टी (नेकपा एमाले– माओवादी केन्द्र) लाई रूपान्तरण गर्ने कुरामा कमी रह्यो ।

प्रकाशित मिति: : 2020-05-16 20:23:11

प्रतिकृया दिनुहोस्