विष्णु पन्थी
न छाडौं है सही सोच्न, नसोचौं अन्यको क्षति॥
मनको स्वच्छताले नै, हुन्छ हाम्रो समुन्नति॥
-१
नकारौं सर्व द्वेषादि, जगाऔं धर्ममा मति॥
सत्कर्ममा लगाऔं है, ऊर्जा हाम्रो भए जति॥
-२
जनास्थामा टिकेको छ, धर्म संस्कार बन्धन॥
अन्धविश्वास त्यागेर, स्वीकारौं परिवर्तन॥
-३
व्यतीत भैसक्यो भूत,भविष्य अनजान छ॥
कार्यको पूर्णता-हेतु, हातमा वर्तमान छ॥
-४
जन्म मृत्यु जरा व्याधि, लागेका छन् पछिपछि॥
हाम्रो पछि उनी लागून्, नलागौं उनको पछि॥
-५
सत्य नै विजयी हुन्छ, छैन शङ्का यहाँ रति ।।
सत्यमा भिन्नता छैन, पाइन्छ शरणागति॥
-६
सर्वे भवन्तु सुखिन:
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया