कालापानी क्षेत्रको तस्बिर : जहाँ भारतले ३७२ वर्गकिमि भूमि अतिक्रमण गरेर ५८ वर्षदेखि फौज राखेको छ

भक्तपुर जिल्लाभन्दा तीन गुणा बढी भूमि अतिक्रमण

गुगल स्याटेलाइट म्यापले लिम्पियाधुराबाट निस्किएको कुटियाङ्दी अर्थात् कालीनदी (बायाँबाट आइरहेको ठूलो नदी) र  लिपु खोला (दायाँबाट झरिरहेको सानो खोला) स्पष्ट देखाउँछ । दुई खोलाबीचको ३७२ वर्गकिलोमिटर भूमि भारतले अतिक्रमण गरेको छ । त्यो भनेको भक्तपुर जिल्लाभन्दा पनि तीन गुणा बढी भूमि हो । भक्तपुर एक सय १९ वर्गकिलोमिटर छ । 

तस्बिर स्पष्ट बोल्छ– महाकाली नदी कुन हो ?

लिम्पियाधुराबाट आएको काली नदी र लिपुलेकबाट आएको लिपु खोला गुन्जीमा मिसिन्छन् । गुन्जी दोभानको तस्बिर स्पष्ट बोल्छ– पश्चिमबाट आइरहेको नदी मूल महाकाली हो, पूर्वबाट आइरहेको खोला सहायक हो । तर, भारतले सानो खोलालाई महाकाली भनेर सिमाना त्यहाँसम्म ल्याएको मात्र छैन, फौजलाई परेड खेलाइरहेको छ ।

नेपाली भूमि कालापानीमा भारतीय सेनाको क्याम्प 

प्रकाशित मिति: : 2020-05-15 08:49:53

प्रतिकृया दिनुहोस्