लिपुलेकमा सडक उद्घाटन गर्नु दुई साता अगाडिको भारतीय थिंक ट्यांकको रिपोर्ट : काली नदीको उद्गम लिम्पियाधुरा नै

पहिलोपोष्ट

काठमाडौँ

विधुर ढकाल

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीन स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडकको उद्घाटन गत शुक्रवार गरेसँगै नेपालमा भारत विरोधी प्रदर्शन भइरहेका छन्।

सडकदेखि सदनसम्म यस विषयमा विरोध जारी छ। सरकारले पनि लिपुलेक नेपालको हो भन्दै भारतीय कदमको आलोचना गरेको छ।

यस्तोमा सडक उद्घाटन हुनुभन्दा दुई साता अगाडि भारतीय थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसनमा कालापानी र लिपुलेकको विषयमा एउटा जर्नल प्रकाशित भएको छ। जसले कालापानी हुँदै लिपुलेक नेपालको भएको स्पष्ट रुपमा उल्लेख गरेको छ।

भारतमा सार्वजनिक नीतिमा प्रभाव राख्ने थिंक ट्यांकको 'ओआरफ इस्यु ब्रिफ' अप्रिलको अंक ३५६ 'भारत र नेपालको कालापानी सीमा विवाद' मा केन्द्रित छ। फाउन्डेसनकी जुनियर फेलो सोहिनी नायकले लेखेको जर्नलको लेखमा कालापानीको सीमा विवादमा भारतले बखेडा निकाल्न नहुने भन्दै कूटनीतिक टेबलबाट समस्या समाधान गर्नुपर्ने उल्लेख छ।

प्रकाशित मिति: : 2020-05-15 08:00:04

प्रतिकृया दिनुहोस्