जनयुद्ध लडे, विदेश भासिए, अहिले ८० लाख खर्चेर कागतीखेती गर्दैछन्‌ खड्का

विकास डाँगी
रुकुम खारा घरभई हाल तुलसीपुर १९ बिजौरी बस्दै आएका पूर्व जनमुक्ति सेना (लडाकु) रामचन्द्र खड्काले व्यवसायिक कागती खेतीमा उदाहरणीय र लोभलाग्दो प्रगति हासिल गरेका छन्‌। खड्का २०७४ सालेदेखी व्यवसायिक कागती खेतमा लागेका हुन्‌।

वि.सं. २०५८ सालदेखी जनयुद्धमा लागेका खड्का शान्ती सम्झौता भएपछि जनमुक्ति सेना छाडेर विदेश गए। सुरूमा अफगानस्तान र त्यसपछि २ पटक मलेसिया गएका खड्काले विदेशमा पनि भनेजस्तो नभएपछि स्वदेश फर्केर व्यवसायिक कागती खेतीमा लागेको बताए।
 

प्रकाशित मिति: : 2020-05-14 08:16:49

प्रतिकृया दिनुहोस्