लकडाउनको समीक्षा गर्दै कांग्रेसले भन्यो- संक्रमितको संख्यामा छलाङ, सरकारको अर्कमण्यताको परिणाम

सेतोपाटी

काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनको समीक्षा गर्दै सरकारले प्रभावकारी काम नगरको बताएको छ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रभावकारी काम नगर्दा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोना लागेको उल्लेख गरेका हुन्।

सरकारले प्रभावकारी काम नगर्दा संक्रमितको संख्यामा छलाङ मारेको र सरकारको अर्कमण्यताको परिणाम देखिएको उनको भनाइ छ।

स्वास्थ्य सामग्री खरिदमा ढिलाइ र पिसिआरबाट परीक्षण नगर्दा सरकार चुकेको उनको भनाइ छ। पिसिआर प्रविधिबाट परीक्षणको दायरा वृद्धि गर्न पनि उनले माग गरेका छन्।

प्रकाशित मिति: : 2020-05-13 18:38:44

प्रतिकृया दिनुहोस्