भारतमा विशेष रेल संचालनको ‘साइड इफेक्ट’ : सीमा क्षेत्रमा फेरि नेपाली नागरिकको भिडभाड !

रातोपाटी

काठमाडौँ

-तेजेन्द्र केसी, किरण कर्ण र टंक कुँवर

भारतले लकडाउन केही खुकुलो गर्दै विभिन्न राज्यबाट विशेष रेल सेवा शुरु गरेपछि सीमा क्षेत्रमा नेपाली नागरिकको भिडभाड बढ्ने भएको छ ।भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपालीहरु भारत सरकारद्वारा सञ्चालित विशेष रेलबाट घर फर्कने आशमा सीमा क्षेत्रमा धमाधम आउन थालेका छन् । 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि जारी लकडाउनका कारण अलपत्र अवस्थामा रहेका नेपालीहरु घर फर्कन खोजिरहेको अवस्थामा विशेष रेल सेवा उनीहरुका लागि एउटा माध्यम बन्न सक्छ । त्यस्ता रेल सेवा विभिन्न रुटमा दैनिकजसो सञ्चालन हुने जनाइएको छ ।

त्यस्ता विशेष रेल सेवा लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई आफ्नो गन्तव्यसम्म पु¥याउन भन्दै भारत सरकारले सञ्चालन गरेको हो । सोही क्रममा भारतका विभिन्न सहरमा रहेका नेपाली पनि स्वदेश फर्कनका लागि विशेष रेलमार्फत सीमावर्ती भारतीय सहरमा आउने क्रम सुरु भएको छ ।

प्रकाशित मिति: : 2020-05-13 18:35:04

प्रतिकृया दिनुहोस्