डोजरले खोस्यो रोजगारी : घरमा अन्न छैन, गोजीमा पैसा छैन

दिनेश सुवेदी

कोरोना त्रासले देश लकडाउनमा गएसँगै करिब १२ हजार बढी रोल्पाली घर आएका छन् । यीमध्ये प्रायः सबै मजदुर हुन् । झोलीझ्याम्टा बोकेर घर फिरेका उनीहरू यतिबेला घर न घाटका भएका छन् । गाउँमा केही इलम गर्न जग्गाजमिन छैन, भएकाहरूको पनि जति मिहिनेत गरे पनि त्यसको उब्जनीले ६ महिना भन्दा बढी खान पुग्दैन । १४ दिन क्वारेन्टाइनमा राखेर किट अभावमा परीक्षणबिना घर पठाइएका उनीहरू बेरोजगार छन् । पाखुरामा मिहिनेत गर्ने शक्ति भएका हजारौं रोल्पाली यतिबेला अवसरको खोजीमा छन् ।  

आठ हजार भारत र ४० हजार तेस्रो मुलुकमा रहेका मजदुरबाट मासिक करिब पाँच करोड बढी रेमिट्यान्स भित्रिने रोल्पामा यतिबेला रकम आउन करिब बन्दजस्तै भएको छ । घरमा अन्न छैन, गोजीमा पैसा छैन । आमनागरिकलाई बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्न बाहिरिएकाहरूको बिचल्ली सुरु भएको हो । स्थानीय भन्छन्, ‘घरमै बसेर अनाज आउँदैन, मिहिनेत गर्नलाई ठाउँ छैन । आफू त सकिएला तर बालबच्चाको मन र पेट भोको छ ।’

प्रकाशित मिति: : 2020-05-13 09:56:29

प्रतिकृया दिनुहोस्