बिएल संवाददाता
विवादित लिपुलेक क्षेत्र व्यास जाने बाटो खोल्न त्यहाँका बासिन्दाले चौरीगाईसहित सदरमुकाम खलंगामा पर्दशन गर्दै जिल्ला प्रशासन घेर्दै ज्ञापन पत्र बुझाएका छन्।
नेपालले आफ्नो तर्फको पैदलबाटो मर्मत नगरेका कारण हरेक वर्ष वैशाखमै ब्यास फर्किने उनीहरु असोजमा चिसो छल्न सदरमुकाम झरेपछि स्थानीय बासिन्दा सदरमुकाममै रोकिएका हुन्। कोरोनाका कारण अन्तर्राष्ट्रिय नाका बन्द भएपछि उनीहरू ब्यास फर्किन पाएका छैनन्।
नेपालका प्रमुख जनजातीमा सामेल सौका समुदाय हरेक वर्ष ब्यासमा चिसो बढेपछि असोजमा सदरमुकाम खलंगा झर्छन् भने वैशाखमा फेरि व्यास फर्किन्छन्। यो सदरमुकाम झर्ने र फर्किने परम्परालाई उनीहरूको भाषामा कुँचा सर्ने भनिन्छ।
कोरोनाले अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा सौका समुदाय ब्यास फर्किन पाएका छैनन् भने नेपाल तिरको पैदल बाटो जोखीमपूर्ण छ। ब्यास पुग्न दुई दिन कालीका तिरैतिर भारतीय भूमिमा उत्तर हिँडनुपर्ने हुँदा सौका समुदायलाई भारतको धार्चुला प्रशासनले भारतमा हिँड्न पासको व्यवस्था गरेको हुन्छ। तर अहिले त्यो सम्भव नभएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन्। नेपाल तिरको पैदलबाटोमा तम्बाकुखोलामा पुल छैन भने दुम्लिङभन्दा माथि ब्याससम्मै जोखीम छ ।
सौका समुदायले तत्काल बाटो खोल्नुपर्ने प्रमुख माग सहितको ज्ञाप पत्र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई बुझाएका छन
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया