लकडाउन : विपन्न वर्गलाई खाना वितरण 

लायन्स क्लब अफ काठमाडौँ ग्राण्डसेनियल ३२५ (ए) २ तथा ताहाचल युवा क्लवद्वारा आर्थिक अवस्था कमजोर भएका ३०० विपन्न मानिसलाई खाना वितरण गरिएको छ। 

कोभिड–१९ को जोखिम रोक्नका लागि सरकारले जारी गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्न नसकेका वर्ग तथा बालबालिकालाई खाना वितरण गरिएको कार्यक्रमका संयोजक किशोरकुमार राणाले जानकारी दिए। 

'पछिल्लो दिनमा काठमाडौँ महानगरपालिकाका केही वडा, धार्मिक सङ्घसंस्थाका साथै मनकारी व्यक्तिबाट विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ' उनले भने।

यसैबीच रोटरी क्लब अफ काठमाडौँ वेस्टले सोल्टीमोडमा त्यस आसपास क्षेत्रका करीब दुई हजार ५०० नागरिकलाई निःशुल्क भोजनको व्यवस्था गरेको सुबोध प्रधानले जानकारी दिए। 

दश दिनदेखि बिहान नियमित खानाको प्रबन्ध गरेको उक्त संस्थाले आगामी जेठ ५ गतेसम्म खाना खुवाउने जनाएको छ। सामाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-05-12 19:45:26

प्रतिकृया दिनुहोस्