स्वैरकल्पना होइन बजेट

अर्थमन्त्री युवराज खतिवडाले संसद्मा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका क्षेत्रबारे पूर्वबजेट छलफलका लागि सरकारको धारणा प्रस्तुत गरेका छन् । सरकारले हरेक वर्षको १५ जेठमा संसद्समक्ष बजेट प्रस्तुत गर्नुपर्ने बाध्यताबीच सरकारले बजेटको तयारी गरिरहेको छ ।

आगामी २ जेठमा राष्ट्रपतिमार्फत सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको मुख्य सिद्धान्त पनि अर्थमन्त्रीले पेस गरेको यही सिद्धान्तमा आधारित हुने प्रस्ट छ । अर्थमन्त्रीले जे प्राथमिकता तोकेका छन्, तिनलाई हेर्दा भने वर्तमान सरकार अर्थतन्त्रको आगामी दसा र दिशाका सम्बन्धमा अन्योलग्रस्त रहेको प्रस्ट हुन्छ । दुइटा पाटोबाट अर्थतन्त्रको भावी चित्र मूल्यांकन हुनु जरुरी छ ।

प्रकाशित मिति: : 2020-05-12 17:59:31

प्रतिकृया दिनुहोस्