लाजले हामी सबैको टाउको निहुरियो

थाहा खबर

काठमाडौँ

प्रदीप नेपाल
नेपाली कांग्रेसका नेताहरू नेपालको परिवेश र परिस्थितिसँग जोडेर राजनीतिक अध्ययन गर्दैनन् किन?  तिनीहरूले सायद सिके प्रसाईंको ‘आजको सरल राजनीति’ पनि पढेका छैनन् होला। तर, अहिले अध्ययनशील भनेर मानिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू पनि पढ्न छाडेछन्। पढिहाले पनि फेसबुक ट्विटर केही अनलाइन र टाक्कटुक्क पढ्लान्, इतिहास भूगोल संस्कृति अर्थशास्त्र विचार सिद्धान्त र राजनीतिका ग्रन्थ पढ्दैनन्।

अरू त परै जाओस् आफ्नै इतिहास पनि सायदै पढ्लान्। किनभने विचार सिद्धान्तलाई पद र गुटले, अर्थशास्त्रलाई अर्थतन्त्रले, इतिहासलाई लाजले, संस्कृतिलाई नाराले खाइकेको छ। त्यसमाथि समय पनि घेराबन्दीले र बाँकी रहेको समय कान फुक्नेले नै सक्छन्। नेताहरूलाई योभन्दा बढी चाहिएको पनि छैन।
 

प्रकाशित मिति: : 2020-05-11 17:20:51

प्रतिकृया दिनुहोस्