कोरोनाविरुद्धको लडाईंमा नेतृत्वदायी भूमिकामा डा. संगीता, संकटका बेला कुशल व्यवस्थापन

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

वैशाख २६ गते कोशी अस्पताल विराटनगरमा अनौठो दृश्य देखियो । विराटनगरको मुस्लिम समुदायका अगुवाहरू कोशी अस्पताल विराटनगरमा पुगेका थिए । 

सबै जनाको हातमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. संगीता मिश्रलाई शुक्रिया कागजमा लेखिएको ब्यानर थियो । त्यसदिन कोरोना संक्रमित भएका ९ जना दोस्रोलटमा अस्पतालबाट डिस्चार्ज हुँदै थियो । डिस्चार्ज भएर आएका व्यक्तिहरूले समेत डा. मिश्रलाई धन्यवाद दिएका थिए । 

उपचारमा खटिने चिकित्सकलाई त्योभन्दा ठूलो उपहार के पो हुन सक्छ ? समाजमा कोरोना संक्रमणलाई लिएर ठूलो त्रास रहेका बेला संक्रमितहरूको हेरचाह तथा उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी अहिले फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् ।

सोही क्रममा मोरङको विराटनगरमा समेत कोशी अस्पतालले कोभिड– १९ विशेष अस्पताल सञ्चालनमा ल्याएको छ, जसको अगुवाई एक महिला चिकित्सक डा. संगीता मिश्रले गरिरहेकी छिन् ।

प्रकाशित मिति: : 2020-05-10 19:01:37

प्रतिकृया दिनुहोस्