प्रहरीमाथि हातपात गर्ने ४ चिनियालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सिंहदरबार मुल गेट अगाडि प्रहरीमाथि हातपात गर्ने चार जना चिनिया नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

स्वदेश फर्कन पाउनुपर्ने भन्दै शुक्रबार चिनियाँ नागरिकको एक समूहले सिहंदरबार मूल गेटमा प्रर्दशन गरेका थिए।

लकडाउनको समय र निषेधित क्षेत्रको प्रर्दशन रोक्न खोज्दा चिनिया नागरिकले प्रहरीमाथिनै आक्रमण गरेका थिए ।

सो क्रममा डीएसपीसहित चार प्रहरी घाइते भएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले म्याद थप भएसँगै थप अनुसन्धान जारी रहेको बताए।

सिंहदरबार मूलगेटअगाडि प्रहरी र चिनिया नागरिकबीच झडप, डिएसपीसहित ६ प्रहरी घाइते (भिडियो)

प्रकाशित मिति: : 2020-05-10 15:11:19

प्रतिकृया दिनुहोस्