विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या ४० लाख भन्दा बढी पुगेको छ।
विश्वमा अहिलेसम्म कम्तिमा ४० लाख २० हजार ८ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।
यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७९ हजार भन्दा बढी पुगेको छ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख ९ हजार भन्दा धेरै छ। अमेरिकामा ७८ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ।
सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको बेलायतमा ३१ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या दुई लाख १६ हजार भन्दा बढी पुगेको छ।
इटालीमा ३० हजार ३९५, स्पेनमा २६ हजार ४७८ तथा फ्रान्समा २६ हजार ३१३ जनाको ज्यान गएको छ।
रुसमा ज्यान गुमाउनेको संख्या १८ सय भन्दा बढी रहेको छ। त्यहाँ अलिहेसम्म एक लाख ९८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।
यस्तै दक्षिण अमेरिकी देशमा सबैभन्दा बढी प्रभावित ब्राजिलमा १० हजार ६ सय भन्दा बढीको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या एक लाख ५६ हजार पुगेको छ।