जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

सेतोपाटी

काठमाडौँ

सन्जिब बगाले

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जेठ ५ गतेपछि लकडाउन खुकुलो बन्न सक्ने बताएका छन्।

शनिबार सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले लकडाउन बढ्ने/नबढ्ने कुरा संक्रमण कसरी फैलिन्छ भन्नेले निर्धारण गर्ने समेत बताए।

'यसमा धेरै मूल्यांकन भइरहेको छ मैले धेरै कुरा भन्ने भन्दा पनि उच्चस्तरीय समन्वय समितिले यस विषयमा अलि बढी गृहकार्य गर्छ। विज्ञ र चिकित्सकहरूले के भन्छन् भन्ने छ,'उनले भने,'संक्रामक रोगहरूसँग सम्बन्धित विज्ञहरूले के भन्नुहुन्छ त्यसकै आधारमा अगाडि बढ्ने र मन्त्रिपरिषदले निर्णय गर्ने हो। आजको स्थिति हेर्दा काठमाडौंमा उच्च सतर्कताकासाथ खुकुलो गर्न सकिने देखिन्छ।'

प्रकाशित मिति: : 2020-05-09 20:30:35

प्रतिकृया दिनुहोस्