एजेन्सी
कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु सुरु गर्नका लागि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले अस्थायी रुपमा केही नियमहरु परिवर्तन गर्ने भएको छ।
अब टिमहरुले पाँच थप खेलाडी राख्न पाउने छन् भने भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रयोग नगरे पनि हुने भएको छ। यसका लागि फिफाले यी व्यवस्थासहित गरेको प्रस्ताव स्वीकृतसोत जनाउको छ।
महामारीका कारण विश्वका अधिकांश फुटबल लिगहरु रोकिएका छन्। अब केही लिगहरु सुरु हुने तयारीमा छन्।
जर्मन बुण्डेस लिगा फुटबल यहि मे १६ देखि सुरु हुँदैछ। स्पेनिस ला लिगा फुटबल पनि सुरु गर्नका लागि तयारी थालिएको छ।
आउँदो जुनमा बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना नै ला लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु गर्ने तयारी छ।
ला लिगा सुरु गर्नका लागि चार चरणका रणनीति छन्। पहिलो चरणमा तालिमका लागि तयारी, त्यसपछि व्यक्तिगत प्रशिक्षण, समूहगत प्रशिक्षण र एकीकृत टिम प्रशिक्षण हुनेछ।
इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु आउँदो जुनमा गर्नका लागि अहिले तयारी भइरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया