ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारमाथिको आपराधिक अभियोग खारेज

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज भएको छ।

संघीय अनुसन्धान ब्यूरो (एफबिआइ) समक्ष झुट बोलेको भन्दै उनीमाथि लगाइएको आपराधिक अभियोग न्याय विभागले खारेज गर्ने निर्णय गरेको हो।

चार वर्षअघि भएको चुनावमा ट्रम्पलाई सहयोग हुने गरी रुसले गरेको भनिएको चुनावी दखल सम्बन्धी अनुसन्धानको क्रममा विशेष काउन्सिलको अनुसन्धानमा फ्लीन दोषी देखिएका थिए।

सन् २०१७ मा उनी अमेरिकाका लागि रुसी राजदूतसँगको सम्पर्कबारे एफबिआईलाई छलेको अभियोगमा दोषी ठहर भएका हुन्। 

आर्मीका पूर्व लेफ्टिनेन्ट जनरल रहेका फ्लीनले सुरक्षा सल्लाहकारको भूमिकाबाट सन् २०१७ को फेब्रुअरीमा बाहिरिएका थिए। ट्रम्पले राष्ट्रपतिका रुपमा काम थालेको केही हप्तामै फ्लीन ह्वाइट हाउसबाट बाहिरिएका हुन्।

सन् २०१७ को जनवरीमा अनुसन्धानकर्ताले फ्लीनसँग गरेको अनुसन्धान अनुसन्धानका पूर्ण आधारहरु तय गरेर नगरिएको पाइएको र पछिल्ला प्रमाणहरु पनि पर्याप्त नभएकाले फ्लीनलाई आरोप मुक्त गरिएको न्याय विभागले जनाएको छ।

न्याय विभागले आरोप खारेज गरेपछि फ्लीनले आफ्ना नातीले एण्ड जस्टिस फर अल गाएको भिडियो पोस्ट गरेका छन्।

राष्ट्रपति ट्रम्पले आफू जनरल फ्लीनका लागि खुशी रहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-05-08 08:12:03

प्रतिकृया दिनुहोस्