आज साँझ ७ बजे सबैले दीप प्रज्वलन गराैँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । 

उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज  साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेकाे उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरकाका लागि शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्री ओलीले रोल्पा बम विस्फोटमा ज्यान गुमाएका प्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, उनले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
 

प्रकाशित मिति: : 2020-05-07 06:43:00

प्रतिकृया दिनुहोस्