सांसद् विद्या भट्टराईद्वारा पोखराको कोरोना कोषमा पचास हजार सहयोग

पोखरा महानगरको प्रकोप व्यवस्थापन कोषमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । 

आफ्ना पति दिवंगत नेता रविन्द्र अधिकारीको ५१ औँ जन्मजयन्तीको अवसरमा भट्टराईले पोखरा महानगर पालिकाका मेयर मानबहादुर जिसीलाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन् । 

भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफुले सहयोग गरेको भन्दै सोको लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्च स्तरले लाग्नु जरुरी भएको बताइन् । उनले नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाई साथ दिन आम कास्की जिल्लाबासी जनसमुदायलाई आग्रह समेत गरिन् ।

यसैगरी रविन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अवसरमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ ।

सो टनेल सोमवार सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको विशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: : 2020-05-05 22:11:16

प्रतिकृया दिनुहोस्