अमेरिकी आइडलको उत्कृष्ट १० मा पुगे नेपाली युवा गायक दिवेश पोखरेल

बिएल संवाददाता

कान्सास सिटी- अमेरिका

नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकी सांगीतिक रियालिटी शो अमेरिकी आइडलको उत्कृष्ट १० मा पुगेका छन्। विभिन्न चरण पार गर्दै उत्कृष्ट २० मा पुगेका पोखरेल अनलाइन भोटिङको पहिलो चरणम तीन करोड ६० लाख मत पाउँदै उत्कृष्ट १० मा पुगेका हुन्।

आइतबार राती अमेरिकी टेलिभिजन एवीसीले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा उत्कृष्ट १० को घोषणा गरिएको हो। उत्कृष्ट २० ले आआफ्नो घरबाटै सांगीतिक प्रस्तुति दिएको कार्कक्रममा दिवशले जोन डेन्भरको एक सदाबहार अमेरिकी कन्ट्री नम्बर टेक मि होम कन्ट्री रोड गाएर निर्णायक तथा दशर्कलाई मन्त्रमुग्ध पारेका थिए। 

उनको यो प्रस्तुति उत्कृष्ट ७ का लागि थियो। यही प्रस्तुतिका आधारमा उत्कृष्ट ७ का लागि अनलाइन भोटिङ खुलिसकेको छ। भोटिङ अमेरिकी समयअनुसार मे ४ सोमबारसम्मका लागि खुलेको छ। हरेक दर्शकले तीन तरिकाले १०-१० पटक गरेर तीस मत दिन सक्नेछ। 

“ल हामी शीर्ष दशमा पुग्यौं । शुरुदेखीनै सहयोग गर्ने सबैजनालाई धन्यवाद ।  संसारभरीबाट प्राप्त भएको यस्तो विशाल समर्थनलाई म कति कदर गर्छु भन्ने कुरा व्यक्त गर्न शब्दले न्याय गर्ने छैनन् । भोट गर्नुभएकोमा धन्यवाद । यहाँ उभिनका लागि र तपाईँको खुल्ला कान मतिर पाउनु भनेको कुनै सपना भन्दा धेरै परको कुरा हो । मैले धेरै राम्रा संगीतकारहरु कलाकारहरु खाली हलहरुमा र थोरै कानहरुका लागि सडकमा बजाइरहेको देखेको छु । म धन्य छु, तपाईंहरुका लागि गाउन पाउनु र मेरो आवाज सुनिनु ।”

आइतबार उत्कृष्ट २० ले आआफ्नो प्रस्तुति दिएको कार्यक्रममा निर्णायकहरूले आफ्नो विशषाधिकार प्रयोग गरेर क्यालिफोर्नियाका १० वर्षीय प्रतिभा माक्याला फिलिप्सलाई ११औं प्रतिभाका रूपमा छानेका छन्। उनी पनि उत्कृष्ट ७ को प्रतिस्पर्धामा हुनेछन्। 

उत्कृष्ट १० मा पुगेपछि पोखरेलले फेसबुक स्टाटसमा लेखेका छन् , '“ल हामी शीर्ष दशमा पुग्यौं । शुरुदेखीनै सहयोग गर्ने सबैजनालाई धन्यवाद ।  संसारभरीबाट प्राप्त भएको यस्तो विशाल समर्थनलाई म कति कदर गर्छु भन्ने कुरा व्यक्त गर्न शब्दले न्याय गर्ने छैनन् । भोट गर्नुभएकोमा धन्यवाद । यहाँ उभिनका लागि र तपाईँको खुल्ला कान मतिर पाउनु भनेको कुनै सपना भन्दा धेरै परको कुरा हो । मैले धेरै राम्रा संगीतकारहरु कलाकारहरु खाली हलहरुमा र थोरै कानहरुका लागि सडकमा बजाइरहेको देखेको छु । म धन्य छु, तपाईंहरुका लागि गाउन पाउनु र मेरो आवाज सुनिनु ।”

सांगीतिक नाम आर्थर गन राखेका २१ वर्षीय  दिवश पोखरेल अमेरिकाको कान्सास राज्यको विचितामा बस्छन्। विचिता मध्यपश्चिमी अमेरिकी राज्य कान्सासको एक सानो सहर हो। काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी सन् २०१४ मा यही सहरमा आइपुगेका थिए।

प्रकाशित मिति: : 2020-05-04 08:39:22

प्रतिकृया दिनुहोस्