किमको शल्यक्रिया मात्र होइन, अन्य कुनै स्वास्थ्य उपचारसमेत भएको छैन: दक्षिण कोरिया

एजेन्सी

काठमाडाै‌ं

उत्तर कोरियाली नेता कोम जोङ उनको कुनै शल्यक्रिया नभएको दक्षिण कोरियाका एक सरकारी अधिकारीले आइतबार दाबी गरेको छ।

दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो। सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो।

तीन सातासम्म देशको कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिएको थियो। तर ती कोरियाली अधिकारीले त्यसको कुनै कारण दिन भने अस्वीकार गरे।

‘हाम्रो बुझाइमा किमले शल्यक्रिया गरेका छैनन्', किमको शल्यक्रिया मात्र होइन अन्य कुनै प्रकारको स्वास्थ्य उपचारसमेत भएको छैन,’  ती सरकारी अधिकारीले भने।
नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ। 

अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उनी उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए। नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन्।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी किम परिवारका तेस्रो पुस्ताका शासक हुन्।

याे पनि

जीवितै रहेकाे प्रमाण देखाउन किमकाे तस्बिर सार्वजनिक गरियाे !

उत्तर कोरियाली शासक किम 'जिवीत' रहेको दक्षिण कोरियाली दावी

उत्तर कोरियाली नेता किम थला परेका छैनन्: दक्षिण कोरिया

किम गम्भीर बिरामी परेको खबर पत्यार लागेन: राष्ट्रपति ट्रम्प

अमेरिकी विदेशमन्त्रीकाे आँकलन: उत्तर कोरिया कोरोना महामारी वा भोकमरीबाट अति समस्याग्रस्त छ

प्रकाशित मिति: : 2020-05-04 08:38:37

प्रतिकृया दिनुहोस्