'कोरोना र क्‍वारेन्टाइनमा गुनासो नआउने गरी काम गरेका छौँ'

थाहा खबर

काठमाडौँ

महेश्वर अधिकारी
प्रदेश–२ को बारा जिल्लाको उत्तरी भेग पूर्वपश्चिम राजमार्गसँग जोडिएको स्थानीय तह हो, कोल्हवी नगरपालिका। कोल्हवी नगरपालिकामा राष्ट्रिय गौरवका आयोजनाका निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ–तामागढी हुलाकी सडक जस्ता आयोजना रहेका छन्। यस नगरपालिकामा साबिकको कोल्हवी, सपही, प्रसोना, ककडी, अमाव, वछनपुर्वा, रामपुर्वा गाविस र सिंहासनीको १ र २, हरैया गाविस -६, करैया -८ र सिहर्वा - ५ वडालाई समावेश गरिएको छ।

कोल्हवी नगरपालिकाको सिमाना पूर्वमा रौतहट जिल्ला, पश्चिममा जीतपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिका, उत्तरमा निजगढ नगरपालिका र दक्षिणमा बारा गढी गाउँपालिका र करैयामाई गाउँपालिका पर्छ।  राष्ट्रिय जनगणना २०६८ को अनुसार जम्मा ८ हजार १११ घरधुरी र ४४ हजार ३५ जनसंख्याको यहाँ बसोबास छ।

यस नगरको कुल क्षेत्रफल १५७.४० वर्ग किलोमिटर रहेको छ। नगरपालिकामा मुख्य रुपमा थारू समुदायको बसोबास रहेको छ भने अन्य सम्पूर्ण समुदायको मिश्रित रुपमा बसोबास छ। स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित नगर प्रमुख भरतबहादुर भण्डारीसँग कोरोना भाइरसविरुद्ध लड्न नगरपालिकाले गरेको पहलको विषयमा केन्द्रित रहेर थाहाखबरकर्मी महेश्वर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :   
 

प्रकाशित मिति: : 2020-05-03 13:29:09

प्रतिकृया दिनुहोस्