ईश्वर, भाइरस र ओलीराज

रातोपाटी

काठमाडौँ

सूर्यबहादुर तामाङ

 “ईश्वरको मृत्यु भयो !” नित्सेले भनेको यो कुराले एउटा युगको अन्त्य र अर्कोको जन्म गरिदिएको छ | ईश्वरवादीहरुलाई यो घोषणाले के कस्तो प्रभाव पार्‍यो होला अनुमान गर्न सहज छैन | “कुन मन्दिर जान्छौं यात्री, कुन सामग्रीले पूजा गर्ने हो ?” यसरी लक्ष्मीप्रसाद देवकोटाले भक्तजनलाई मात्रै प्रश्न गरेको होइन ईश्वरको अस्तित्वलाई नै औंला उठाएका हुन् | ईश्वरको अस्तित्वलाई चुनौती दिनु अवचेतनमनले मुक्ति खोज्नु हो अथवा मानवताभन्दा माथि कोही छैन भनेर मानवीयताको आत्म सम्मान गर्नु हो |

 

बंगलादेशकी लेखिका तसलिमा नसरीनले 'यदि अल्लाहले कोभिड १९ बाट बचाउने हो भने किन मस्जिद छोडेर भागेको' भनेर ईश्वरवादीहरुलाई प्रश्न तेर्स्याइन् | यसरी ईश्वरको अस्तित्वमाथि जब्बर शंका र प्रहार गर्ने काम वैज्ञानिकहरुले गरेकाले धेरैले अकल्पनीय र असामयिक मृत्यु बहन गर्नु परेको इतिहास हामीले नपढेको होइन |

प्रकाशित मिति: : 2020-05-03 07:54:52

प्रतिकृया दिनुहोस्