‘बेरोजगार भएकाहरुले चाहनुहुन्छ भने तत्कालै गर्नसक्ने काम हामी दिन्छौँ’

रातोपाटी

काठमाडौँ

एलिजा उप्रेती

कोरोनाभाइरस (कोभिड–१९) का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै छ । नेपालको अर्थतन्त्रमा यस क्षेत्रको योगदान ३  प्रतिशत रहेको भनिएको छ । यस क्षेत्रका कैयौँ श्रमिक बेरोजगार हुनुपरेको छ । कोरोनाकै कारण भ्रमण वर्ष–२०२० रोकिएको छ । कोरोनाबाट थलिएको पर्यटन क्षेत्र उकास्न सरकार के गर्दैछ ? रोजगारी गुमाएकाहरुको रोजगारी सुनिश्चितता, पूर्ण स्वास्थ्य सुरक्षासहित खुलाइने उडान, बजेटको प्राथमिकता लगायतका विषयमा केन्द्रित रहेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग रातोपाटीले गरेको कुराकानीः

कोरोनाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई प्रभावित पारेको छ, यस क्षेत्रको पुनरुत्थानका लागि सरकारको अबको कदम के हुन्छ ?
–कोरोनाको प्रभाव चीनबाट विस्तार हुँदै एकपछि अर्को मुलुकमा प्रवेश गरेपछि यो विश्वव्यापी बन्यो । यसले मानिसको जनजीवनलाई प्रत्यक्ष असर गरेको छ । धेरै देशको अर्थतन्त्रमा यसबाट नकरात्मक प्रभाव परेको छ । यो अवस्थाबाट सबभन्दा प्रभावित क्षेत्र पर्यटन नै हो । किनकि हवाई उडान, यातायात बन्द भए, जसले मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएनन् । होटलहरु बन्द छन् ।  पर्यटन क्षेत्रको अर्थतन्त्रमा झण्डै तीन प्रतिशत योगदान रहेको छ । वार्षिक ८० अर्ब विदेशी मुद्रा आर्जन यो क्षेत्रबाट हुने गरेको थियो । १५ खर्ब जतिको लगानी पर्यटन क्षेत्रमा देखिन्छ । करिब १० लाख मानिस यसबाट रोजगार भएको देखिन्छ ।

प्रकाशित मिति: : 2020-05-02 16:28:58

प्रतिकृया दिनुहोस्