कोरोना भाइरसका कारण त्रसित विश्वले यसलाई ‘चाइना भाइरस’ नाम पनि दिए तर विश्वसामु चिनियाँहरूले यसको रोकथाम र नियन्त्रणमा उदाहरण नै प्रस्तुत गरेर अब्बल भएर देखाए ।
सबैको मानसपटलमा चिनियाँहरू जे पनि खाने सर्वहारी भएका कारण यो संकट निम्तिएको भनेर अपहेलनाको हिसाबले हेरे तर वास्तविकता त्यस्तो छैन । जङ्गली जनावरबाट कोरोना भाइरस सल्किएको हुनसक्छ भन्ने मात्र अन्दाज हो तर अहिलेसम्म प्रमाणित भएको छैन ।