लकडाउनका कारण जिल्ला बाहिर भएका नागरिकलाई स्थानीय तह तथा प्रदेश सरकारले उद्धार गरि ल्याएका ६ सय २१ जना जुम्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका छन् ।
क्वारेन्टाइनमा बस्नेहरुमा एक सय ३९ जना महिला र चार सय ८२ जना पुरुष छन्। त्यसैगरी चार सय ९१ जना होम क्वारेन्टाइन गरि ११ सय १२ जना क्वारेन्टाइनमा छन्।
चन्दननाथ नगरपालिकामा दुई, हिमा गाउँपालिकामा २९, पातारासीमा एक सय १०, गुठीचौरमा ८२, तिलामा ५०, कनकासुन्दरीमा दुई सय ९४ र तातोपानीमा ५४ जना क्वारेन्टाइनमा बसेका छन्।
त्यस्तै सिँजा गाउँपालिकामा ५० बेडको क्वारेन्टाइन भएपनि कोही बसेका छैनन्।