जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल धरौटीमा रिहा

बिएल संवाददाता

काठमाडाै‌ं

जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। 

जिल्ला अदालत काठमाडौंका न्यायधिश ब्रजेश प्याकुरेलले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

अग्रबालको कम्पनीले ज्वरो नाप्ने थर्ममिटर १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेकाे उजुरी परेकाे थियाे।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले चैत २५ गते कालोबजारको अभियोगमा नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2020-04-30 15:57:23

प्रतिकृया दिनुहोस्