बिएल संवाददाता
बलिउडका प्रतिभावान कलाकार इरफान खानलाई आजै मुस्लिम परम्पराअनुसार मुम्बईको वर्सोवास्थित कब्रस्तानमा दफन गरिएको छ। कोरोना भाइरसको आतंकका कारण भारतभरि लागु लकडाउनका कारण उनलाई अन्तिम श्रद्धाञ्जली दिन अन्य कलाकार आउन पाएनन्। परिवार र उनीसँग निकै नजिक भएका व्यक्ति मात्र उनको अन्तिम यात्रामा सहभागी भए।
उनको शब यात्रामा २० जना व्यक्ति मात्र सहभागी थिए। विगत तीन वर्षदेखि क्यान्सरबाट लडिरहेका इरफानको एक्कासी स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार राती आइसीयूमा भर्ना गरिएको थियो। उनको बुधबार बिहान निधन भएको हो।
बिमारीकै अवस्थामा उनले ‘इङ्लिस मिडियम’ नामक चलचित्रमा अभिनय गरेका थिए। ५४ वर्षीय इरफानको निधनमा बलिउड मात्र होइन, पाकिस्तानका कलाकारले पनि दुःख व्यक्त गरेका छन्।
इरफानको पहिलो फिल्म नै ओस्कारका लागि मनोनयनमा परेको थियो। उनले नेशनल स्कुल अफ ड्रामा (एनएसडी) को अन्तिम वर्षको पढाई गरिरहँदा ‘सलाम बम्बे’ मा अभिनय गरेका थिए। जुन ओस्कारको मनोनयनमा परेको थियो।
याे पनि:
नेपालका असल शुभेच्छुक थिए, इरफान खान
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया