सरकारले संकटमा सुरक्षा भत्ता दिन जानेन

विकास डाँगी
तुलसीपुर उपमहानगरपालिकाका बैंकहरुमा हिजोआज ज्येष्ठ नागरिकको बाक्लै भीडभाड देखिन्छ। संकटका बेला सरकारले सामाजिक सुरक्षा भत्ता दिने उपयुक्त उपाय अवलम्बन गर्न नजान्दा यतिखेर बैंकको गेटमा वृद्धवृद्धाको भीड लागेको छ। संकटका बेला यसरी बैंकमै लाइन लगाउनुको साटो भत्ता दिने अन्य उपाय सोच्न सरकार चुकेको देखिएको छ।

सोही कारण अहिले बैंकको गेटदेखि बाटोसम्म मानिसहरू लामबद्ध भएका छन्‌। कोरोना संक्रमणबाट सबैभन्दा जोखिममा रहेका जेष्ठ नागरिकहरू नै सुरक्षा भत्ता लिन लाइनमा बसिरहेका छन्‌।  यतिखेर तुलसीपुरमा सामाजिक सुरक्षाभत्ता लिन घण्टौं लाइन लाग्नुपर्ने अवस्था छ। भत्ता लिन बैंकहरुमा नागरिकहरु घुइँचो लाग्ने गरेका छन्। सामाजिक दुरी पालना गर्न सरकारले निर्देश गरेपनि कायम हुन सकेको छैन। यसरी भीड लाग्दा कोरोना संक्रमणको जोखिमसँग डराउनुपर्नेमा मानिसहरू भत्ता पाउँदा खुशी देखिएका छन्‌।
 

प्रकाशित मिति: : 2020-04-29 09:13:33

प्रतिकृया दिनुहोस्