बाँकेको नरैनापुरमा गाई काटेको आरोपमा दुईजना पक्राउ गरिएको छ। नेपालको राष्ट्रिय जनावारको रुपमा रहेको गाई काटेको आरोपमा नरैनापुर गाउँपालिकाका दुई जना व्यक्तिलाई पक्राउ गरिएको हो।
मंगलबार बिहान ९ बजे गाई काट्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले जानकारी दिए।
पक्राउ परेका ब्यक्तिको घरमा राखिएको मासु बरामद गरि परीक्षणका लागि नेपालगञ्जस्थित प्रयोगशाला पठाइएको सिग्देलले बताए। उनीहरुको परिचय भने खुलाइएको छैन।