सोमबार, १५ डिसेम्बर २०२५

इंग्लिस प्रिमियर लिग पुनः सुचारु गर्ने तयारी तीव्र

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु गर्ने प्रयासले अब गति लिने भएको छ ।

सकोरोना भाइरसको महामारीका कारण रोकिएको खेललाई  ‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो ।

जुलाईको अन्त्यसम्ममा लिग सक्ने तयारी रहेको छ ।  यसका लागि लिगका खेलहरु आउँदो जुन ८ देखि सुरु हुने अपेक्षा गरेको छ। 

आर्सनल, वेष्ट ह्याम र ब्राइटनले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन्। खेलाडीले सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गरेका छन् । 

प्रिमियर लिग क्लबहरुबीच आउँदो शुक्रबार भावी रणनीतिबारे छलफल हुँदैछ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!