नयाँ पत्रिका दैनिक
कोभिड–१९ का कारण गम्भीर अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विश्वमा एकैपटक स्वास्थ्य संकट र आर्थिक संकट आएको उल्लेख गर्दै समाधान गर्न राष्ट्र बैंकले जस्तोसुकै अवस्थाको सामना गर्ने बताए ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने गभर्नर अधिकारीले बताए । कोरोनाका कारण बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रवाहलाई थप सहज व्यवस्था गरिने पनि उनले बताए ।
साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को अत्यधिक असर परेको क्षेत्रलाई उपलब्ध गराउन राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा कार्यविधिमा संशोधन गरिनेसमेत भएको छ । पुनर्कर्जामा प्रादेशिक सन्तुलनसमेत कायम गर्ने राष्ट्र बैंकले जनाएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया