कोरोना भाइरस संक्रमित बिरामीलाई अस्पताल पुर्‍याउने साहसी महिला एम्बुलेन्स चालक

उमाकान्त खनाल 

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले आइतबाट साँझ आफ्नो फेसबुक टाइमलाइनमा स्टाटस लेखिन्, ‘महामारीसँग जुझ्दै योद्धा महिला- कोराना भाइरस परीक्षणको प्रकृया अनुसार दमक न.पा.वडा न.३ का ६२ वर्षीय पुरुषको स्वाव परीक्षण पोजिटिभ देखिएपछि निजलाई राति ९ बजे दमक अस्पतालबाट कोशी कोभिड अस्पताल पुर्याउनु हुने साहसी महिला एम्बुलेन्स चालक ! यो संकटको समयमा निडरपूर्वक तपाईँले पुर्याउनु भएको सहयोग सराहनीय छ! धेरै धेरै धन्यवाद!’

सोमबार बिहान यो समाचार तयार पार्न ती महिला एम्बुलेन्स चालकलाई फोन गर्दा ती संक्रमितसँग सम्पर्कमा आएका दुई परिवारका सदस्यलाई कोरोना भाइरस परीक्षणका लागि अस्पताल ल्याइसकेकी थिइन्।

उनले फोन सम्पर्कमा भनिन्, ‘यो बेला निकै अहसज परिस्थिति छ। तर पनि जोखिम उठाउनै पर्छ।’

जीवनमा अनेकौँ उतार चढावबाट एम्बुलेन्स चालक भएकी ती महिला साहसका साथ कोभिड-१९ का विरामी तथा तिनीहरुका सम्पर्कमा आएका मानिसहरुको सेवामा तल्लीन छिन्।

सबभन्दा पहिला अटो रिक्सा चलाएर चालक पेशा अंगालेकी उनी हाल एम्बुलेन्स चालक भएकी छिन्।

प्रकाशित मिति: : 2020-04-27 08:27:42

प्रतिकृया दिनुहोस्