भाेकालाई खुवाउन जग्गा बेच्ने दाजुभाइ भन्छन्, ‘कति खर्च भयो भन्नु ठिक होइन, यदि ईश्वरलाई थाहा छ भने त्यो नै पर्याप्त छ’

बिएल संवाददाता

नयाँदिल्ली

‘यदि हामीले धर्मलाई हेर्यौं र मानिसहरूलाई खाना खुवायौं भने, भगवानले हामीलाई हेर्नुहुन्न।’ यो भनाई हो दुई दाजुभाइहरूदाजुभाइ मुजम्मिल र तजम्मुलको।

भारतको कर्नाटक राज्यको कोलारमा बस्ने यी दाजुभाइले लकडाउनमा गरिबलाई खाना खुवाउनका लागि २५ लाखमा आफ्नो सम्पत्ति बेचेका छन्।

जब यी दाजुभाइलाई लकडाउनका कारण धेरैजसो गरिब भोकमरीसँग जुधिरहेको भन्ने महसुस भयो तब उनीहरुले आफ्नो जमिनको टुक्रा नै बेच्ने निर्णय लिएका हुन्।

मुजम्मिल भन्छन्, ‘हामीले जमिनको त्यो टुक्रा एक साथीलाई बेचिदियौं। ऊ निकै उत्कृष्ट व्यक्ति हो, उसले हामीलाई त्यो जमिनको साटो २५ लाख भारु दिए। यतिबेला अन्य धेरै साथीहरुले पनि आ–आफ्नो तर्फबाट सहयोग गरे। कसैले ५० हजार दिए त कसैले १ लाख। अहिलेसम्म कति रकम खर्च भयो भनेर भन्नु ठिक होइन। यदि ईश्वरलाई थाहा छ भने त्यो नै पर्याप्त छ।’

‘हामीले गरिबलाई खाना दिन सुरु गर्यौं र कोही समस्यासँग जुधिरहेका छन् भन्ने थाहा हुन्छ तब हामी ती व्यक्तिलाई १० किलो चामल, २ किलो आटा, एक किलो दाल, एक किलो चिनी, सय–सय ग्राम गरेर धनिया, रातो खुर्सानी, बेसार, नुनका साथै साबुनलगायतका सामान प्रदान गर्छौं,’ उनीहरु भन्छन्।

रमजान सुरु भएको दुई दिन भइसकेको छ र यी दुई दिनमा साढे दुई हजारदेखि तीन हजार व्यक्तिलाई खानको प्याकेट दिइएको छ र आवश्यक सामान पनि वितरण गरेको उनीहरु बताउँछन्।

दु:खमा हुर्केका दाजुभाइ

उनीहरु सानैदेखि दुःख भोगेको बताउछन्। यी दुई दाजुभाइले निकै सानो उमेरमा आफ्ना बुवालाई गुमाएका थिए। बुवाको मृत्यु हुँदा दाइ चार वर्षका थिए भने भाइ तीन वर्षका थिए।

बुवा बितेको ४० दिनमात्रै भएको थियो, आमाको पनि निधन भयो। एक स्थानीयले उनीहरुलाई मस्जिदमा बस्न स्थान दिएका थिए। यी दुईलाई उनीहरुका हजुरआमाले यहीँ हुर्काएकी हुन्। उनी अरबी भाषा पढाउँथिन्।

मस्जिद नजिकै एउटा मण्डी थियो जहाँ दुई भाइले काम गर्न सुरु गरे।

मुजम्मिल भन्छन्, ‘हामी खासै पढेलेखेका छैनौं। सन् १९९५–९६ मा हामीले हरेक दिन १५ देखि १८ रुपैयाँ कमाउँथ्यौं। केही वर्षपछि मेरा दाइले मण्डी सुरु गर्नेबारे सोचे।’

ती दुई दाजुभाइले थप मण्डी सुरु गरे। उनीहरु आन्ध्र प्रदेश र तमिलनाडुबाट पनि केरा ल्याउँछन् र डिलरसँग थोक व्यापार गर्छन्। 

तर गरिबहरूलाई खुवाउने विचार कहाँबाट आयो?

मुजम्मिल भन्छिन्, ‘हाम्रो हजुरआमा हामीलाई बताउनुहुन्थ्यो कि धेरै मानिसहरूले हामीलाई हुर्काउन मद्दत गरेका थिए। कसैले पाँच रुपैयाँ र कोहिले १० रुपैयाँ सहयोग गरेका थिए। ‘उहाँ हामीलाई भन्नुहुन्थ्यो मानिसहरूलाई कुनै भेदभाव नगरी सहयोग गर्नुपर्छ,’ उनीहरु भन्छन्। 

मुजम्मिल भन्छन्, ‘धर्म मात्र यस पृथ्वीमा छ। भगवानसँग छैन। जसले हामी सबैलाई हेर्नुहुन्छ उसले केवल हाम्रो भक्ति देख्दछ र अरू केही पनि देख्दैन।

प्रकाशित मिति: : 2020-04-27 08:07:02

प्रतिकृया दिनुहोस्