नाङ्गो भागवण्डाले जनमतको घोर अपमान : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘हङ्ग पार्लियामेन्ट’ भयो भनेर जनताले दुईतिहाई बहुमत दिएको नेकपा सचिवालयका नेताहरुबीच भएको नाङ्गो भागबण्डाले नेकपालाई ‘हङ्ग पार्टी’ बनाएको बताएका छन् । 

उपाध्यक्ष वामदेग गौतमले प्रधानमन्त्रीसँगको भेटबारे ‘प्रेस नोट’ सार्वजनिक गरेको केहीबेरपछि थापाले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ १’, थापाले लेखेका छन्, ‘जनमतको घोर अपमान, भागबन्डाको स्वभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । ’
उनले कोरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई नेकपाको नाममा घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल गरेको पनि बताएका छन् । 
नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका छ जना सदस्य भैंसेपाटीस्थित नेकपा उपाध्यक्ष वामदेव गौतमको घरमा ब्रैठक गरी प्रधानमन्त्री ओलीलाई दबाब दिने सहमति गरेका थिए । 

प्रकाशित मिति: : 2020-04-26 15:46:47

प्रतिकृया दिनुहोस्