प्रधानमन्त्रीको प्रतिरक्षामा जुटे सहयोगी, सल्लाहकार थापा भन्छन् - षड्यन्त्र भयो, पूर्वमन्त्री बाँस्कोटा भन्छन् - गणितले फैसला गर्दैन

नेकपाभित्र चुलिँदो शक्ति संघर्षसँगै प्रधानमन्त्री केपी ओली समूह प्रधानमन्त्रीको प्रतिरक्षामा जुटेको छ । प्रधानमन्त्री ओलीको प्रतिरक्षामा रहेका केही नेता रणनीति निर्माणमा जुटेका छन् भने केही नेता र सल्लाहकार सामाजिक सञ्जालमा सक्रिय भएका छन् । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रणनीति निर्माणमा जुटेका छन् । 

उनीहरूले ओली समूह मात्रै होइन, असन्तुष्ट नेताहरूसँग पनि लगातार संवाद गरिरहेका छन् । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि ओलीनिकट नेताहरू सक्रियतापूर्वक प्रतिरक्षामा उत्रिएका हुन् ।  

ओलीनिकट मानिने नेकपाका एक स्थायी कमिटी सदस्यले आफूहरूबीच नियमित छलफल भइरहेको र अर्को पक्ष (पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूह) को गतिविधिमाथि नजर राखिएको बताए । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले त संकटविरुद्ध जुधिरहेको सरकारलाई घेराबन्दी गरिएको दाबी नै गरेका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकारको यो दाबीसँगै नेकपाभित्र ठूलै तनाव भएको स्पष्ट संकेत आएको त छ नै प्रधानमन्त्रीका सहयोगीहरूको प्रतिरक्षाको रणनीति पनि उजागर भएको छ ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका नाममा स्थिरताविरुद्ध चलखेल भएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति: : 2020-04-26 15:39:52

प्रतिकृया दिनुहोस्