वुहानका सबै कोरोनाका बिरामी डिस्चार्ज भएको चीनको घोषणा

कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको वुहान सहरबाट सबै संक्रमित बिरामीहरू डिस्चार्ज भएको चीनले जनाएको छ।

चीनका स्वास्थ्य अधिकारीहरुका अनुसार अब वुहानका कुनै पनि अस्पतामा कोरोना संक्रमित बिरामी छैनन्। सबै निको भएर घर फर्किसका छन्।

चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा भने ‘पछिल्लो खबरअनुसार अप्रिल २६ मा वुहानमा नयाँ कोरोना संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ। वुहान र देशका अन्य भागका स्वास्थ्यकर्मीहरुको संयुक्त प्रयासबाट यो सम्भव भएको हो।’

हुबेई प्रान्तको वुहानमा हालसम्म ४६ हजार ४५२ संक्रमित फेला परेका छन्। यो संख्या चीनभर फेला परेका संक्रमितको ५६ प्रतिशत हो।

वुहानमा ३ हजार ८ सय ६९ ले ज्यान गुमाए। जुन देशभरका मृतकको ८४ प्रतिशत हो।

हालसम्म ८२ हजार ८ सय २७ जना संक्रमित रहेको चीनमा ४६३२ जनाले ज्यान गुमाए। जसमध्ये ७७ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन्। अब मात्र ८०१ जना बिरामी उपचार गराइरहेका छन्। यसमध्ये पनि ५१ जना गम्भीर बिरामी छन्।

प्रकाशित मिति: : 2020-04-26 15:11:18

प्रतिकृया दिनुहोस्