एजेन्सी
भारतीय क्रिकेट टिमका पूर्वकप्तान तथा उत्कृष्ट विकेटकिपर महेन्द्रसिंह धोनी पुनः क्रिकेटमा नफर्किने दावी उनका समकक्षी आशिष नेहराले गरेका छन्।
इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किङ्सका लागि सँगै खेल्ने पूर्व बलर नेहराका अनुसार धोनीले भारतका लागि अन्तिम खेल खेलिसकेका छने। त्यो अन्तिम खेल गत वर्ष विश्व कपअन्तर्गत सेमिफाइनल रहेको उनको दावी छ। जुन खेलमा धोनीले अर्धसतक बनाएर रन आउट भएका थिए। र, त्यो खेलमा भारत न्युजिल्यान्डसँग पराजित भएर बाहिरिएको थियो।
‘जहाँसम्म म धोनीलाई चिन्छु। त्यो नै अन्तिम खेल थियो। उनी फिट भएर पुनः खेल्न चाहेको खण्डमा मेरो लागि अहिले पनि नम्बर १ विकेटकिपर हुन्’, नेहराले भनेका छन्, ‘तर,उनले एउटा सरप्राइज दिन सक्छन्।’
भारतबाट प्रकासित हुने टेलिग्राफ पत्रिकासँगको अन्तर्वार्तामा नेहराले परिस्थितिसँग जुध्ने धोनीको कला अलग्यै भएको बताए।
यसअघि भारतीय टिमका पूर्वस्पिनर हरभजन सिंहले पनि दावी गरेका थिए, धोनी पुनः टिममा फर्किदैनन् भनेर। ‘जहाँसम्म म उनलाई चिन्छु, उनी निलो रंगको जर्सीमा भारतीय टिममा फर्किने छैनन्। आइपीएल भने खेल्ने छन्,’ हरभजनले भनेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया