बौद्ध वडा नम्वर ६ को समन्वयमा मजदुरलाई राहत वितरण गरिएको छ।
बौद्ध तथा जोरपाटी क्षेत्रमा दैनिक मजदुरी गर्दै आएका २ सय परिवारलाई राहत वितरण गरिएको हो।
बौद्ध निवासी रोसना लामाले व्यक्तिगत पहलमा राहत वितरण गरेकी हुन्।‘लकडाउनको कारण दैनिक मजदुरी गर्नेहरु सबैभन्दा धेरै मारमा परेको देखेर राहत वितरण गरेको हुँ। यसलाई निरन्तरता दिन्छु,’ उनले भनिन्।
उनीहरुलाई १५ केजी चामल, दुई केजी दाल,तेल, नुन लगायतका राहत सामाग्री वितरण गरिएको उनले जानकारी दिइन्।
अहिले काठमाडौंमा निजी क्षेत्रबाट बाँडिएको राहतको भरमा मजदुर वर्गहरुले जिवन चलाइरहेका छन्।