लकडाउनले झोक्राएको अर्थतन्त्र

थाहा खबर

काठमाडौँ

उद्धव सिलवाल
नेपालसहित विश्व नै कोरोना भाइरस (कोभिड–१९) को चपेटामा रुमलिरहेको छ। दक्षिण एसियामा केही कम जस्तो देखिए पनि यसको आकार र गहिराइको अन्दाज गरिहाल्न सकिँदैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेजस्तो दक्षिण, पूर्व र पश्चिमको खुला सीमा नाकाका कारण नेपालमा जोखिमको मात्रा अधिक छ।

यसले जनजीविकामा ठूलो धक्का लाग्ने र अर्थतन्त्र गम्भीर संकटतर्फ जान सक्ने देखिन थालेको छ। कोरोना भाइरसको सुरुवातमा विश्व आर्थिक वृद्धि दर २ दशमलव ५ प्रतिशतमा झार्ने आँकलन गरिएको थियो। तर, अमेरिका र युरोपमा कोरोनाले महामारी लिएपछि योभन्दा पनि तल आउने अनुमान गरिएको छ। यसकै कारण निजी क्षेत्रको वर्चस्व बढि भएका मुलुकमा बेरोजगारी बढ्ने देखिएको हो। कोरोनो सुरु भएयता अमेरिकामा बेरोजगारीदर बढ्न थालेको छ।
 

प्रकाशित मिति: : 2020-04-26 11:13:34

प्रतिकृया दिनुहोस्