कोरोना भाइरसका कारण बन्द रहेको भारतको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय एयरपोर्ट (मुम्बई एयरपोर्ट) मा नियमति उडानका लागि तयार रहेको छ।
एयरपोर्ट ब्यवस्थापनले एक विज्ञप्ति प्रकाशन गर्दै भाइरसबाट बच्नका लागि सुरक्षा गाइडलाइन भित्र रहेर एयरपोर्ट खोल्ने तयारी गरिएको जानकारी दिएको हो।
भारत सरकारले भाइरसबाट बच्न मलुकभर मे ३ सम्मका लागि लकडाउन गरेको भए पनि सुरक्षित तवरबाट हवाई यातायात सञ्चालन गर्ने निर्णय अनुसार एयरपोर्टमा सुरक्षाको सबै ब्यवस्थापन भइसकेको मुम्बई एयरपोर्टले बताएको छ।
शनिबार मुम्बई एयरपोर्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय लकडाउन जारी रहे पनि हरेक दिन नयाँ नयाँ केसहरू आइरहेका कारण हामीले सुरक्षीत तवरवाट हवाइ सेवा सुचारु गर्ने निर्णय गरेका छौ।’
मुम्बई एयरपोर्टको नयाँ गाइडलाइन अनुसार साढे एकमिटरको मार्किङ गरिको छ। यात्रा गर्ने यात्रुले यो दुरी यात्रा अवधिभर राख्नुपर्ने बताइएको छ। यात्रुलाई एयरपोर्टमा कार्यरत कर्मचारीसँग दूरी राख्नसमेत बताइएको छ।