आजदेखि मंगलबारसम्म मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

आइतबारदेखि मंगलबारसम्म नै देशका विभिन्न ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन्। 

मौसमविद्का अनुसार पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमीसँगै स्थानीय वायु र बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले त्यसको प्रभाव देखिने भएको हो। जसका कारण आज, भोलि र पर्सि देशभरिकै मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको छ।

यस्तै यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ। साउथ एसियन क्लाइमेट आउटलुक फोरम सास्कोफ १६ ले यो वर्षको मनसुनमा नेपालमा औसत वर्षा हुने पूर्वानुमान गरेको हो।

आगामी २ दिनको मौसम पूर्वानुमान

 बैशाख १४ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १५ गते (सोमबार)

दिउँसोः  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2020-04-26 07:46:14

प्रतिकृया दिनुहोस्