सांसद ‘उठाउन’ सर्वेन्द्र खनालको संलग्नताः आईजीमा टिकाएको ऋण कि आयोगमा जान गुन?

नेपाल खबर

काठमाडौं

नागरिक एक महिनादेखि लकडाउनमा छन्। लामो लकडाउनले घर फर्किन नपाएका सर्वसाधारणलाई सहयोग गर्ने बहानामा उपत्यकाबाट दुई सांसद र एक पूर्वआईजीपीको टोली बाटो लाग्यो। तर, उनीहरुको चाहना बेग्लै थियो।

टोलीमा थिए सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनाल।

महोत्तरी पुग्दासम्म उनीहरुले कति नागरिकलाई उद्धार गरे, त्यसको हिसाब उनीहरुसँग छैन। तर, उनीहरु फर्किंदा भने एक जना सांसदलाई लिएर आए। जसले गएको केही दिन राष्ट्रिय राजनीतिमा ठूलो खैलाबैला निम्त्यायो।

उनीहरुकै भनाइ पत्याउने हो भने पूर्वराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवले काठमाडौँ आउने चाहना व्यक्त गरेपछि उनीहरु लिन पुगेका थिए।

तर, उनीहरुको दाबीलाई कसैले पत्याएनन्।

पार्टी फुटाउनसत्ताधारी सांसद र पूर्वआईजी मिलेर सांसदकै ‘अपहरण’ गरेको आरोप समेत लाग्यो।

प्रकाशित मिति: : 2020-04-25 16:00:44

प्रतिकृया दिनुहोस्