काँग्रेस सांसद राजनकुमार केसीको जीवन : चुनावमा प्रचण्डसँग भिड्न सहज थिएन

रातोपाटी

काठमाडौँ

 कुवेर गिरी

पूर्वखेलकुदमन्त्री एवं नेपाली काँग्रेसका वर्तमान सांसद राजनकुमार केसीनेपाली राजनीतिका परिचित व्यक्ति हुन् । २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० बाट तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेपछि नेपाली राजनीतिमा केसीको चर्चा चुलिएको थियो । त्यसपछि उनी शेरबहादुर देउवा नेतृत्वका सरकारमा युवा तथा खेलकुद मन्त्री पनि बने ।
नेपाली काँग्रेस काठमाडौँ जिल्लाका पूर्वसभापतिसमेत रहेका केसी गएको आम निर्वाचनमा काँग्रेसका प्रमुख हस्तीहरु पराजित हुँदा पनि काठमाडौँको सोही क्षेत्रबाट विजयी हुन सफल भए । 

बाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरी केसी दोस्रो पटक संसद यात्रा गरे । ०४६ देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय केसी पार्टीभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन् । जनताको काम र सेवा नै आफ्नो राजनीतिको मूल उद्देश्य मान्ने केसीका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

प्रकाशित मिति: : 2020-04-25 10:20:55

प्रतिकृया दिनुहोस्