भुत्ते राष्ट्रवादले जन्माएको लुते तानाशाह

थाहा खबर

काठमाडौं

स्वागत नेपाल

संसारभरि जहिले पनि जहाँ पनि भुत्ते राष्ट्रवादले कि लुते तानाशाह जन्माउँछ कि जनतामा निरासा र वितृष्णा जन्माउँछ। त्यो तानाशाह लुते भएको कारणले पराजित हुन्छ, किनकि जन्म नै भुत्ते राष्ट्रवादबाट भएको हुन्छ।

सच्चा राष्ट्रवादले शक्तिशाली तानाशाहको उदय गराउँछ, त्यो राष्ट्रवादका जार्गन छर्दै जनतालाई भ्रमित पारेर होइन कि जनताको तहबाटै आएको हुन्छ। त्यसैले, भुत्ते राष्ट्रवादबाट जन्मिएको लुते तानाशाहबाट जनआकांक्षा पूरा हुन नसकेपछि जन्मिएको निरासा र वितृष्णाका कारण फेरि कि भीडतन्त्र जन्मिन्छ कि स्पष्ट विचारसहितको वौद्धिक विद्रोह जन्मिन्छ।

भीडतन्त्रले अमुक अमुक 'हिरोइजम' स्थापित गर्छ। समस्या निदानको दीर्घकालीन विचारसहित होइन कि सरकारले केही गर्न नसकेकोले जनतामा उब्जिएको रिस फेर्न तत्कालको समाधान खोज्छ। अनि केही एजेण्डाहरुसँगै केही समयपछि विलाएर जान्छ। सँगै जन्मिएको वौद्धिक र संगठित विद्रोहले सुसुप्त रुपमा बन्दै गरेको नयाँ विचारसहितको समाधान लिएर आउँछ। तर त्यो वौद्धिक विद्रोह सुस्तरी हुने भएकोले त्यसपूर्व केही समय भीडले गलत कुराहरुलाई पनि सत्य भनेर स्थपित गर्न प्रयास गर्छ। अदालत पनि त्यसैको छायाँमा पर्छ।
 

प्रकाशित मिति: : 2020-04-25 08:16:13

प्रतिकृया दिनुहोस्